+
+
Shares
चिकित्सकको आन्दोलन :

वीरमा पुगेका बिरामी अलमलमा (तस्वीरसहित)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ माघ २९ गते १०:०२

२९ माघ, काठमाडौं । चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु मर्कामा परेका छन् । उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले केहीबेर वीर अस्पताल अगाडिको सडकमा प्रदर्शनसमेत गरेका छन् ।

आज बिहान उपचारका लागि भन्दै वीर अस्पताल पुगेका बिरामी र तिनका आफन्तहरु निराश हुँदै फर्किए । दाङबाट बुवाको उपचारका लागि वीर अस्पताल आएका केशव शर्माले उपचार गराउन नपाएको बताए । ‘डाक्टरको पालो आज आइतबारको दिन थियो, त्यही अनुसार बुवालाई उपचार गराउन आएको तर ओपीडी सेवा बन्द भनेर चेकअप भएन ।’

वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरु अलमलमा देखिए । सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी दिंदै बिरामीहरुलाई फर्काएका छन् । ओपीडी सेवा बन्दबारे नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्ति वीर अस्पतालको सूचना पाटीमा टाँस गरिएको छ । त्यही सूचना पढ्दै र फोटो खिच्दै बिरामी र उनीहरुका आफन्त घर फर्किएका छन् ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?