+
+

मध्यावधि समीक्षाबाट राजस्व र खर्चको लक्ष्य घटाउँदै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १३:३३

२९ माघ, काठमाडौं । सरकारले आइतबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । साँझ ६ बजे अर्थ मन्त्रालयबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् । सरकारी वित्तमा दबाब रहेकाले सरकारले यो वर्षका लागि बजेटले लिएको राजस्व र खर्चको लक्ष्य घटाउने तयारी छ ।

त्यसअघि पौडेलले प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनबारे वक्तव्य दिने कार्यसूची छ । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

तर, लक्ष्यअनुसार राजस्व उठेकाले सरकार दबाबमा छ । अर्थ मन्त्रालयले चालु खर्च २० प्रतिशतले कटौती गर्न मन्त्रालय र विभागहरुलाई निर्देशन दिइएको छ । यो वर्ष संघीय सरकारको चालु खर्च मात्रै ११ खर्ब ८३ अर्ब रुपैयाँ छुट्याइएको थियो । तर, चालु खर्च ठूलो दरमा हुँदा ३ खर्ब ८० अर्बको पूँजीगत खर्च भने लक्ष्य अनुसार हुन सकिरहेको छैन ।

यस्तो अवस्थामा बजेटको मध्यावधि समीक्षाले बजेटले निर्धारण गरेका लक्ष्यहरु परिवर्तन गर्नेछ । राजस्व र खर्चका लक्ष्यहरुलाई घटाएर बजेटमा संशोधन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?