+
+

मौद्रिक नीति समीक्षापछि नेप्सेमा ६१ अंकको गिरावट, ३ अर्ब ५ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १५:२५

२९ माघ, काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ६०.८८ अंकको गिरावट हुँदा २१२१.७५ अंकमा बन्द भएको छ । २७ माघ शुक्रबार सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर लगानीकर्ताले अपेक्षा गरेजस्तो नआएको बताएका थिए ।

जसको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । आइतबार बजारका सबै उपसूचकमा गिरावट हुँदा नेपसे पनि घटेको छ । वित्त कम्पनी उपसूचकमा ४.७० प्रतिशतको गिरावट हुँदा उत्पादनमूलक र हाइड्रोपावर उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले घटेको छ ।

घटेको बजारमा कारोबार रकम भने गत बिहीबारको भन्दा बढेको छ । आइतबार नेप्सेमा ३ अर्ब ४ करोड ७७ लाखको सेयर कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको १४ करोड ३८ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड २९ लाख र अपी पावरको ७ करोड ८० लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २१५ कम्पनीको सेयर कारोबार हुँदा २०७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । नेप्सेमा करिब ३ प्रतिशतको गिरावट हुँदा पनि ८ कम्पनीको सेयरमूल्य भने बढेको छ । खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.४८ प्रतिशतले वृद्धि हुँदा सामलिङ पावर कम्पनीको ३.७३ प्रतिशत र सयपत्री हाइड्रोपावर कम्पनीको सेयरमूल्य २.९० प्रतिशतले वृद्धि भएको छ।

यता ङ्यादी ग्रुप पावरको सेयरमूल्य ६.६० प्रतिशतले गिरावट हुँदा हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य ६.४४ प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?