+
+

राजस्व संकलन ५५ वर्षयताकै खराब स्थितिमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १६:३२

२९ माघ, काठमाडौं । उपप्रधानमन्त्री विष्णु पौडेलले ५५ वर्षपछि यसवर्षको राजस्व संकलनको वृद्धिदर अघिल्लो वर्ष भन्दा निकै कमजोर भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०२४/०२५ पछि यस वर्ष अघिल्लो वर्ष भन्दा कम राजस्व संकलन भएको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले साउनदेखि पुस मसान्तसम्मको राजस्व संकलनको लक्ष्य ६ खर्ब ५१ अर्ब ८२ करोड तोकेका थिए ।

तर, अर्थमन्त्री पौडेलले यो ६ महिनामा ४ खर्ब ९० अर्ब ४ करोड मात्र राजस्व संकलन भएको जानकारी दिए । यो अंक गत आर्थिक वर्षको यसै अवधिमा संकलन भएको राजस्वभन्दा पनि १५ प्रतिशत कम हो ।

‘राजस्वमा यस्तो खालको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४/०२५ पछि पहिलो पटक हुन पुगेको छ’ उनले भने ।

हेर्नुस् मध्यावधि समीक्षाबारे संसदमा अर्थमन्त्रीले पेश गरेको  प्रतिवेदनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?