+
+

‘‘फ्लाइवायर’ विदेश अध्ययनमा जानेले पैसा पठाउने विश्वासिलो माध्यम बन्दैछ’ 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १३:४३
सुदेश उपाध्याय

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विदेश अध्ययनमा जाने युवासँगै ६७ अर्ब ७० करोड रुपैयाँ बराबर विदेशी मुद्रा विदेशिएको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो छ महिना (साउन–मंसिर)मा ३५ अर्ब ३६ करोड रुपैयाँ वैदेशिक अध्ययनमा जानेले खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

विदेश अध्ययनमा जाने विद्यार्थीले रकम पठाउन विश्वविद्यालय वा कलेजको ‘अफरलेटर’ का साथै शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य चाहिन्छ । यी कागजात पुरा भएपछि बैंकहरुबाट रकम पठाउन सकिन्छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले विश्वविद्यालयमा भुक्तानी गर्नुपर्ने शुल्क पठाउन नेपालबाट स्विफ्ट लगायत अन्य भुक्तानी माध्यमबाट रकम भुक्तानी गर्न सक्छ्न् ।

विद्यार्थीले कलेजको शुल्क भुक्तानी गर्दा भोग्नुपर्ने झन्झट र लाग्ने शुल्क समेत कटौती गर्ने उद्देश्यले एनएमबि बैंकले सन् २०२१ मा ‘फ्लाइवायर’ नामक मल्टिनेसनल कम्पनीसँग सम्झौता गरी काम गरिहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय बताउँछन् । ‘विद्यार्थीलाई रकम पठाउँदा लाग्ने शुल्कमा पनि बचत हुने, प्रक्रिया पनि सहज हुने र भिसा नलागेको अवस्थामा सहज रुपमा रकम फिर्ता गर्न पनि सकिने भएकोले बैंकले कम्पनीसँग सम्झौता गरेको हो’ उपाध्यायले भने ।

कसरी बचत हुन्छ विद्यार्थीको शुल्क ?

एनएमबि बैंकमा परम्परागत स्विफ्ट र ‘फ्लाइवायर’ दुवै माध्यमबाट रकम पठाउने सुविधा रहेको छ । तर, स्विफ्टभन्दा ‘फ्लाइवायर’ को माध्यमबाट पैसा पठाउँदा कम लागत लाग्ने भएकोले विद्यार्थी माझ ‘फ्लाइवायर’ विश्वासिलो र बढी रुचाइएको उनले बताए । स्विफ्टबाट पैसा पठाउँदा बैंकहरुले पठाउनुपर्ने रकमको ०.१५ प्रतिशतदेखि ०.३५ प्रतिशत शुल्क लिन्छन् । स्विफ्ट चार्ज ५ सयदेखि १ हजार रुपैयाँसम्म लाग्छ । यो भुक्तानी प्रणालीमा सहभागी हुने सम्बन्धित देशको बैंकले ३० देखि ६० डलरसम्म शुल्क लिन्छ । तर, एनएमबि बैंकले ‘फ्लाइवायर’ सँग सम्झौता गरेर उपलब्ध गराएको प्लेटफर्ममा भने उक्त कुनै पनि शुल्क नलाग्ने उपाध्यायले बताए ।

विद्यार्थीले ‘फ्लाइवायर’मार्फत नै स्विफ्ट प्रयोग गरी सिधै भुक्तानी पनि गर्न सक्नेछन् । तर, त्यसरी भुक्तानी गर्दा बैंक र ‘फ्लाइवायर’ले लिने शुल्कदेखि स्विफ्ट चार्जलगायत सबै शुल्क लाग्छ । तर, बैंकले ‘फ्लाइवायर’ सँग गरेको सम्झौता अनुसार रकम पठाउने मुद्राको विनिमय दरमा रकम बुक गर्न सकिन्छ । उक्त बुक भएको विनिमय दरमा दरको आधारमा ७२ घण्टासम्म रकम पठाउन सकिने बैंकले जनाएको छ । ‘७२ घण्टासम्म लक गरेको रकममा एउटै विनिमय दर हुन्छ । विनिमय दरमा हुने उतार–चढावले गर्दा रकम बढी लाग्ने अवस्थामा पनि ७२ घण्टा अगाडीकै विनिमयदरमा रकम पठाउन सकिन्छ,’ उपाध्याय भन्छन्, ‘पैसा पठाउँदा विश्वविद्यालयलाई भुक्तानी गर्नुपर्ने रकम बाहेक अन्य कुनै पनि शुल्क बैंकले लिँदैन ।’

यसबाट बैंकलाई के नाफा हुन्छ भन्दा पनि ग्राहक बढ्ने विश्वास आफूहरुले लिएको उनी बताउँछन् । बैंकले नाफा हेरेरभन्दा पनि ग्राहक संख्या बढाउन र ग्राहकलाई सरल, सहज र सस्तो सेवा प्रदान गर्न सकिन्छ भनेर उक्तसुविधा प्रदान गरेको उपाध्यायले बताए । अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो रहेको अवस्थामा बैंकले दिएको उक्त सेवा झन्झट मुक्त साथै सुरक्षित भएको बैंकको दाबी छ ।

परम्परागत भुक्तानी प्रक्रियाबाट पठाएको रकम प्राप्त हुने संस्थामा पनि ट्युशन शुल्कहरु सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रिया पुरा गर्नु पर्ने बाध्यता थियो । तर, एनएमबिबैंकले फ्लाईवायरसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागी उच्चडिजिटल प्रविधियूक्त सेवा सुरु गर्दा यसले विभिन्न शुल्कवापत लाग्ने रकम समेत बचतभएको बैंकको दाबी छ । एनएमबी बैंकबाट हाल फ्लाइवायरमार्फत विश्वभरका २ हजारभन्दाबढी शैक्षिक संस्थामा भुक्तानी गर्न सकिने समेत बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?