+
+

शेखर कोइरालाको प्रश्न : सरकारले के सन्देश दिन खोजेको ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते ७:२४

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएकोप्रति प्रश्न गरेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर संविधानले नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिएको भन्दै प्रश्न गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’

सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?