+
+

‘बिग बोस १६’ को उपाधि र्‍यापर एमसी स्टानलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते ९:५५

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस १६’को उपाधि र्‍यापर एमसी स्टानले जितेका छन् । शिव ठाकरे उपविजेता भए । यो सिजन चार महिनासम्म चलेको थियो । पुरस्कारस्वरूप स्टेनले ३१ लाख भारु र एउटा लक्जरी कार पाए । यसअघि स्टेन एमटिभीका विजेता भइसकेका छन् ।

प्रियंका चाहर चौधरी, ठाकरे र स्टान शीर्ष ३ फाइनलमा पुगेका थिए । प्रियंका अन्तिममा बाहिरिइन् । स्टानले सबैभन्दा बढी मत पाएका छन् । कार्यक्रमको फाइनल करिब ५ घण्टासम्म चलेको थियो । बिग बोस १६ को उपाधि प्रियंकाले जित्न नसकेपनि सलमानले आफ्नो लागि वास्तविक विजेता आफू नै भएको बताएका छन् ।

शालीन भनोट र अर्चना गौतम पनि शोको उत्कृष्ट ५ फाइनलमा परेका थिए । तर, फाइनलमा शालीन र अर्चना बाहिरिए । यस्तो अवस्थामा प्रियंकाको उपस्थितिमा एमसी स्टान र शिव ट्रफीका लागि बलियो प्रतिद्वन्द्वी रहेको अनुमान गरिएको थियो ।

शोको फाइनलमा सलमानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसीकी जान’ को गीत ‘नैयो लग्दा’ सार्वजनिक गरेका थिए । यस गीतमा सलमान अभिनेत्री पूजासँग स्क्रिनमा रोमान्स गर्दै देखिएका छन् । उनले यो गीत भ्यालेन्टाइन डेको अवसरमा विशेष रुपमा सार्वजनिक गरेका हुन् । योसँगै फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । यो गीतलाई हिमेश रेशमियाले संगीत दिएका हुन् ।

धेरै टिभी र बलिउड स्टार कास्ट पनि शोको फाइनलमा पुगेका थिए । यसै क्रममा अभिनेता सनी देओल र अमिषा पटेल आफ्नो आगामी फिल्म ‘गदर २’ को प्रमोसन गर्न पुगेका थिए । फ्यानले बिग बोसको १५ औं सिजन भन्दा १६ औं सिजनलाई बढी मन पराए । बिग बोसको पहिलो सिजन आशिकी अभिनेता राहुल रोयले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?