+
+

नेपाल–भारतबीच विदेश सचिवस्तरीय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १२:०७
भारतीय विदेश सचिव विनय मोहन क्वात्रा र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल । तस्वीर : चन्द्र आले/अनलाइनखबर

१ फागुन, काठमाडौं । नेपाल–भारत द्विपक्षीय विदेश सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा आयोजित बैठकमा भारतीय टोलीको नेतृत्व विदेश सचिव विनयमोहन क्वात्रा र नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गरेका छन् ।

बैठकमा कनेक्टिभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ ।

क्वात्रा आज बिहान भारतबाट काठमाडौं आएका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बैठकस्थल होटल याक एण्ड एती गएका थिए ।

भारतीय विदेश सचिवले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तोपत्र हस्तान्तरण गर्नेछन् ।

विदेश सचिव क्वात्रा मंगलबार स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?