+
+

राप्रपा विद्यार्थी संगठनको संयोजकमा कमल रजवार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १२:५९

१ फागुन, काठमाडौं । राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राष्ट्रिय भेलाले भेलाले कमल रजवार (बम) को संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

समितिलाई  महाधिवेशन व्यवस्थित र विधिसम्मत ढंगले सम्पन्न गर्ने कार्यादेश दिइएको छ । माघ २८ र २९ गते काठमाडौंमा भएको भेलाले सबै जिल्ला र क्याम्पस तहमा संगठन आक्रामक ढंगबाट विस्तार गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै स्ववियु निर्वाचनमा त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा संगठनको उमेदवार खडा गर्ने र संगठनको सम्पूर्ण शक्ति स्ववियु निर्वाचनमा परिचालन गर्ने निर्णय पनि भेलाले गरेको छ ।

विद्यार्थीले हरेक वर्ष पाठ्यपुस्तक छपाइ, वितरणमा भोगेको समस्या र सास्तीलाई दृष्टिगत गर्दै समयमै पाठ्यपुस्तक छपाइको प्रक्रिया प्रारम्भ गर्न संगठनले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?