+
+

ह्वाट्सएपमा पासवर्ड सुरक्षित फोटो कसरी पठाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १३:१२

१ फागुन, काठमाडौं । मेटा कम्पनी मातहतको ह्वाट्सएप निकै लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ । ह्वाट्सएपमा प्रयोगकर्ताको सजिलो, गोपनियता तथा सुरक्षाका लागि विभिन्न फिचरहरु उपलब्ध छन् ।

यसमध्ये Password protected फोटो पठाउन मिल्ने फिचर पनि एक हो । यसरी पासवर्ड प्रोटेक्टेड तस्वीर पठाएपछि ती तस्वीर प्राप्त गर्नेले केवल पासवर्ड हालेर मात्र तस्वीर खोल्न र हेर्न पाउँछ । यद्यपि यो ह्वाट्सएपको कुनै अफिसियल फिचर भने होइन । यसका लागि तपाईले एउटा ट्रिक अपनाउनु पर्दछ ।

यसबाट तपाईले कसैलाई ह्वाट्सएपमा पासवर्ड प्रोटेक्टेड फोटो पठाउन सक्नुहुन्छ । त्यसरी पठाएको फोटो खोल्नका लागि प्रापकसँग पासवर्ड हुनु आवश्यक हुन्छ ।

तर पासवर्ड युक्त तस्वीर ह्वाट्सएपमा पठाउनका लागि तस्वीरहरुलाई डकुमेन्ट वा पीडीएफ फर्म्याटमा पठाउनु पर्दछ । ह्वाट्सएपका पासवर्ड प्रोटेक्टेड फोटो यसरी पठाउन सकिन्छ :

  • सबैभन्दा पहिले गुगल प्ले स्टोरबाट IMG2PDF एप डाउनलोड गर्नुहोस् । उक्त एप इन्स्टल भएसँगै त्यसलाई खोल्नुहोस् ।
  • त्यसपछि + बटनमा क्लिक गरी password protected बनाउन चाहेको तस्वीर छान्नुहोस् ।
  • Create PDF बटनमा क्लिक गरी password protection बक्समा क्लिक गर्नुहोस् ।
  • त्यसपछि तपाइाले Enter PDF Filename को अगाडि फाइल नाम राख्नुपर्दछ ।
  • PDF Password को अगाडि पासवर्ड लेख्नुहोस् र ओके बटनमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाइँको फाइल सिर्जना हुन्छ ।
  • त्यसपछि उक्त फाइलको अगाडि रहेको शेयर बटनमा क्लिक गर्नुहोस् र ह्वाट्सएप छान्नुहोस् । त्यसपछि तपाइँको ह्वाट्सएप खुल्नेछ । त्यहाँबाट आफुले सो तस्वीरको फाइल पठाउन चाहेको व्यक्तिको सम्पर्क नम्बर छान्नुहोस् र Send बटनमा क्लिक गर्नुहोस् ।

अब तपाईले पठाएको तस्वीर खोल्नका तपाईले उक्त फाइलमा जुन पासवर्ड हाल्नुभएको थियो सोही पासवर्ड थाहा पाउनु पर्दछ । आफूले सो फाइलमा हालेको पासवर्ड तस्वीर पठाइएको व्यक्तिलाई जानकारी गराउनुहोस् ।

त्यसरी पठाइएका फाइल कुनै पनि पीडीएफ रिडर एपबाट खोलेर त्यसभित्रका तस्वीर हेर्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?