+
+

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते २०:५५

१ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका छन् । परराष्ट्र सचिव भरताराज पौड्यालको औपचारिक निमन्त्रणमा नेपालको दुई दिने भ्रमणमा आएका क्वात्राले राष्ट्रपति कार्यालय शीतल निवास पुगेर भेट गरेका हुन् ।

भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विविध विषयमा कुरा राखेकी थिइन् । भण्डारीले ‘छिमेकी पहिलो’ भन्ने नीतिअनुसार नै भारत अघि बढेको विश्वास व्यक्त गर्दै आफ्ना भारतीय समकक्षी र भारतीय उच्च नेतृत्वप्रति शुभकामना र शुभेच्छा प्रकट गरेकी थिइन् ।

यसअघि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै सचिवस्तरीय बैठकमा सहभागी भएका थिए । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?