+
+

कोकाकोलाले ल्यायो ‘चार्ज्डसँग गेट चार्ज्ड’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १२:३२

काठमाडौं । कोकाकोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एलओडीमा एक विशेष कार्यक्रमको आयोजना गरी नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको हो ।

यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्ने कम्पनीले बताएको छ । चार्ज्डको लञ्चसँगै कोकाकोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद ‘बेरी बोल्ट’ थपिएको कम्पनीको भनाइ छ ।

उपभोक्ताहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले युवाहरुका आकांक्षा पुरा गर्न जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने विश्वासका साथ यो नयाँँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएको बताए । यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्ने उनले बताए ।

बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कम्पनीले आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको बताए । चार्ज्डको लञ्चले कम्पनीको उत्पादन पोर्टफोलियोलाई विस्तार गर्नुका साथै युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने प्रयास भएको उनले बताए ।

कम्पनीका अनुसार चार्ज्डको लञ्ज क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटीटी लगायत अन्य डिजिटल माध्यमहरुमा पनि टीभीसी देखाउनुका साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् ।

चार्ज्ड नेपालभरका किराना पसल लगायत डिपार्टमेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?