+
+

पुष्पलाई बक्स अफिसको खडेरी, यस वर्ष तीनवटै फिल्मले देखाएनन् जादू

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १४:१४
अभिनेता पुष्प खड्का । फाइल तस्वीर

काठमाडौं । फिल्म यस्तो एक विधा हो, जहाँ तपाईंले अभिनयमा खरो उत्रिन सक्दो मेहनत गर्नुहुन्छ तर क्राफ्ट नै कमजोर भइदियो भने तपाईंको मेहनत खेर पनि जान सक्छ ।

यतिबेला पुष्प खड्कालाई यस्तै भएको छ । अभिनयबाट प्रशंसा बटुलेपनि आफू अभिनित फिल्म बक्स अफिसमा हिट नभएपछि पुष्पको व्यावसायिक सफलताको खडेरी तोडिन सकिरहेको छैन ।

यस वर्ष उनी अभिनित कृष्णलीला, तिम्रो मेरो साथ र मनसँग मन तीनै फिल्म बक्स अफिसमा चल्न सकेनन् । भदौ ३ मा रिलिज भएको कृष्णलीलामा पुष्पले अटिजम पीडित चरित्र निर्वाह गरेका थिए । उनले यसलाई करिअरकै महत्वपूर्ण फिल्म भएको बताएका थिए ।

तिम्रो मेरो साथमा पुष्पको जोडीको रुपमा साम्राज्ञी थिइन् । निकै प्रचारप्रसार गरिएको यो फिल्मले पनि सफलताको खडेरी तोड्न सकेन । मनसँग मनसम्म आइपुग्दा सफलताको त्यो आशा पनि पूरा हुन सकेन ।

एकै वर्षमा आफू अभिनित तीन महत्वपूर्ण फिल्म बक्स अफिसमा असफल भएपछि पुष्पलाई पक्कै दबाब भएको हुनुपर्छ । ‘अझै पनि’मा सहायक भूमिका हुँदै ‘दर्पणछाया २’ मा लिड हिरो बनेका उनी अभिनित फिल्महरु त्यसयता हिट भएका छैनन् । तर पुष्प म्युजिक भिडियोमा चलेका कलाकार चाहिं हुन् । भिडियोमा जस्तो यात्राको सहजता उनको पछिल्लो फिल्म करिअरमा देखिएको छैन । यद्यपि, पुष्प सफलताप्रति आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?