
काठमाडौं। गीतकार रोहित घिमिरेको नयाँ गीत ‘शितल शितल’को भिडियो सार्वजनिक भएको छ । सोमबार सार्वजनिक यो गीतमा एक युगल जोडिको प्रेम र विरहको भावनालाई गीतकार घिमिरेले शब्दमा बुनेका छन् ।
एक दशकदेखि गीत लेखन गर्दै आएका गीतकार घिमिरेका यसअघि सान्बाबु, सँगै जिउने मर्ने कसम, तिमी पनि, मेरो फोटो, लगायत ३ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।
सार्वजनिक गीतमा संगीत सिएल शर्माले दिएका छन् भने स्वर गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको छ । गीतको मिक्सिगं,मास्टरिगं र एरेन्ज पुष्कर खत्रीले गरेका हुन् ।
केशवराज भट्टको निर्देशनमा तयार भिडियोले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाउन खोजेका छन् । गीतमा नायिका तथा मोडल मलिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ । भिडियोमा बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको छ ।
प्रतिक्रिया 4