+
+

डिजिटल रेमिट्यान्स् प्रबर्द्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का यूएई जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १७:४२

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा ईसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् यूएई जाने भएकी छन् । इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत जिजिटल रेमिट्यान्स्लाई प्रबर्द्धन गर्ने उदेश्यले अल अन्सारी एक्सचेन्ज र ईसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन यूएई जान लागेकी हुन् ।

अभिनेत्री खड्का १८ फेब्रुअरीमा अल खाइल मल शाखामा साँझ ५ बजेदेखि ६ः३० बजेसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुनेछिन् भने १९ फेबु्रअरीमा सेन्ट्रल मल शाखामा दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चालनमा हुने कार्यक्रममा सहभागी हुनेछिन् । यस्तै दुबईस्थित अल घुराइर मलमा १९ फेब्रुअरीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछिन् । उनले डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी २० फेब्रुअरीमा आबुधावीस्थित हमदान शाखामा दिउँसो ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा उनी सहभागी हुनेछिन् ।

अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स यूएईको सबैभन्दा ठूलो रेमिट्यान्स् कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो । अहिले इसेवा मनि ट्रान्सफरले “मेरो डिजिटल देश ” योजना सञ्चालन गरिरहेको छ ।

अभिनेत्री खड्काले यो योजना अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताएकी छन् । उनले यूएईमा आफूले सकेसम्म धेरै नेपालीसँग भेट्ने आकांक्षा रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?