 
																			२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् ।
वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिका स्रोतले बतायो ।
उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो ।
चिकित्सकीय भाषामा उनलाई लागेको रोगलाई ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।
पुनको पहिला पटक थाइल्याण्ड उपचार भएको थियो । त्यसपछि उनलाई चीनमा लगेर उपचार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4