
२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि कीर्तिमानी जित हात पारेको छ ।
घरेलु मैदानमा पाएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालले ओडीआईमा बनाएको यो २८७ रन अहिलेसम्मकै ठूलो स्कोर हो । नेपाललाई जिताउन कुशल भुर्तेलले ११५ रनको शतकीय पारी खेलेका थिए ।
भुर्तेलले पाएको रोहितकुमार पौडेलको बलियो साथ अनि बलिङतर्फ करण केसीको ५ विकेट नेपालको जितको आधार रहे ।
कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका माइकल भान लिगेनले बनाएको १३३ रनसमेत छायामा पर्यो ।
नेपाल र नामिबियाबीचको खेल तस्वीरमा हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4