+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराँती

रासस रासस
२०७९ फागुन २ गते १९:५३

२ फागुन, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

मङ्गलबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उनले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे ।

निराशाको हुरी चलेको बेला आशा जगाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘हिजो जीवन त्याग्नुपर्ने अवस्था थियो, आज निजी स्वार्थलाई तिलाञ्जली दिए पुग्छ ।’ उनले सरकारले काम गर्न सकिएन भनेर छुट पाउने अवस्था नरहेको बताए ।

भ्रष्टाचारको अन्त्य गर्न सबै जुट्न आवश्यक रहेको बताउँदै मन्त्री किरातीले जनतालाई आशा जगाउने गरी काम गर्ने जमर्को गरिरहेको बताए ।

यस्तै एक फरक प्रसङ्गमा मन्त्री किरातीले विराटनगर विमानस्थलमा बन्ने नयाँ टर्मिनल भवन पूर्वी नेपालको हवाई क्षेत्रमा कोसेढुङ्गा उनको दाबी थियो ।

रु तीन अर्ब खर्चेर बन्ने नयाँ टर्मिनल भवन भैरहवा र पोखराको भन्दा ठूलो, आधुनिक र सुविधा सम्पन्न हुने मन्त्री किरातीको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?