+
+

इन्स्टाग्राममा ब्लू टिक कसरी पाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते ७:३७

कुनै पनि व्यावसायिक संस्थाका लागि उनीहरूको सोसल मिडिया अकाउन्ट भेरिफाइड हुनु भनेको व्यवसायिक जीवनमा निकै महत्वपूर्ण कदम मानिन्छ ।

आफ्नो सोसल मिडिया अकाउन्ट भेरिफाइड हुनु कुनै पनि व्यक्तिका लागिसमेत आत्मसम्मानको विषय बनेको हुन्छ ।

विज्ञापन बजारमा आफ्नो उपस्थिति बढाउनका लागि व्यवसायिक संस्थाले जति पनि खर्च गर्न सक्दछन् । तर इन्स्टाग्राम अकाउन्टमा निलो टिको पाउनु अर्थात् इन्स्टाग्राम अकाउन्ट भेरिफिकेसन गर्नु भनेको यस्तो सामाजिक सञ्जालको स्टाटस सिम्बोल हो जसलाई खरिद गर्न सकिँदैन । त्यसैले इन्स्टाग्राम अकाउन्ट भेरिफाइड हुनु निकै सम्मान तथा मूल्यवान विषयवस्तुको रुपमा रहेको हुन्छ ।

हालैको एक अध्ययन अनुसार १० लाखभन्दा धेरै फलोअर्स भएका इन्स्टाग्राम अकाउन्टमध्ये ७३.४ प्रतिशत अकाउन्ट भेरिफाइड रहेका छन् । त्यस्तै १० लाखभन्दा कम फलोअर्स भएका इन्स्टाग्राम अकाउन्टमध्ये केवल २२.४ प्रतिशतले मात्रै भेरिफिकेसन ब्याज पाएका छन् । जबकि एक हजारदेखि पाँच हजार मात्रै फलोअर्स भएका इन्स्टाग्राम अकाउन्टमध्ये केवल ०.८७ प्रतिशत मात्रै भेरिफाइड छन् ।

सामान्य रुपमा भन्नुपर्दा इन्स्टाग्राममा भेरिफाइड हुँदा कुनै पनि ब्राण्डको सार्वजनिक प्रतिष्ठा तथा विश्वासमा उल्लेख्य प्रभाव पार्दछ । निलो टिको भएका इन्स्टाग्राम अकाउन्टहरु कुनै फेक अकाउन्ट नभई वास्तविक व्यक्ति, ब्राण्ड वा कम्पनीका आधिकारिक अकाउन्ट भएको प्रमाणित गर्दछ ।

भेरिफाइड अकाउन्टधारीले इन्स्टाग्राम स्टोरीजमा लिंक शेयर गर्नेलगायतका विभिन्न फिचर प्रयोग गर्न पाउँछन् भने भेरिफाइड अकाउन्टहरु सर्चमा पनि धेरै देखिन्छन् । त्यसैले भेरिफाइड अकाउन्टमा नयाँ फलोअर्स थपिने सम्भावना धेरै हुन्छ ।

साथै भेरिफाइड अकाउन्टमा Engagement Rate पनि अन्य unverified अकाउन्टको भन्दा ३० प्रतिशत धेरै हुने अध्ययनले देखाएको छ ।

त्यसोभए आफ्नो इन्स्टाग्राम अकाउन्टलाई कसरी भेरिफाइड गर्ने त ?

भेरिफिकेसन प्रक्रियाका लागि कसरी अनुरोध गर्ने ?

इन्स्टाग्राममा भेरिफाइड ब्याज भनेको के हो ?

इन्स्टाग्रामको भेरिफिकेसन ब्याज भनेको आफ्नो अकाउन्टको प्रोफाइल नेमको छेउमा हुने निलो टिको अर्थात् ब्लू चेकमार्क हो ।

यस्तो निलो चिह्नले के प्रमाणित गर्दछ भने सम्बन्धित इन्स्टाग्राम अकाउन्ट कुनै सेलिब्रेटी जस्ता सार्वजनिक व्यक्तित्व वा ब्राण्डको हो ।

भेरिफिकेसनका लागि कसरी निवेदन दिने ?

इन्स्टाग्राममा आफ्नो अकाउन्ट भेरिफाइड गराउनका लागि निवेदन दिने प्रक्रिया निकै सरल छ । तर आफ्नो इन्स्टाग्राम अकाउन्ट भेरिफाइड हुने कुरा चाहिँ निकै कठीन छ । इन्स्टाग्राम अकाउन्ट भेरिफाइड गर्ने निवेदन दिनका लागि :

· इन्स्टाग्राम एप खोलेर आफ्नो प्रोफाइलमा जानुहोस्

· आफ्नो प्रोफाइल पेजमा गएर hamburger icon (तीनवटा लाइनको आइकन) मा ट्याप गरी Setting अप्सन छान्नुहोस् ।

· Settings पेजको पिँधमा तपाईंले Request Verification अप्सन देख्नुहुनेछ । त्यसमा ट्याप गर्नुहोस् । यति गरिसकेपछि तपाईंको निवेदन दिने पहिलो चरण पूरा हुन्छ ।

त्यसपछि दोस्रो चरण सुरु हुन्छ, जसमा तपाईंले आफ्नो business details थप्नु पर्दछ । यसका लागि :

· पूरा नाम वा व्यवसायिक नाम । त्यसमा तपाईंले आफ्नो तस्वीरसहितको परिचयपत्र समेत अपलोड गर्नु पर्दछ । व्यवसायिक फर्मका लागि व्यवसाय दर्ता प्रमाणपत्र, पानी बिजुलीका बिल आदिजस्ता कागजात अपलोड गर्दा पनि हुन्छ ।

· तपाईंले आफ्नो उद्योगको वर्ग तथा लक्षित audience छान्नु पर्दछ । तपाईंले आफ्नो प्रडक्टको ब्राण्डनेम पनि लेख्न सक्नुहुन्छ ।

· माथि उल्लेखित पहिचान अर्थात् notability प्रमाणित गर्नका लागि तपाईंले आफ्ना अन्य भेरिफाइड सोसल मिडिया अकाउन्टहरु लिंक गर्नुका साथै आफ्नो बारेका समाचार तथा प्रेस विज्ञप्ति, आफ्नो वेबसाइट तथा अन्य लिंकहरु समेत थप्न सक्नुहुन्छ ।

· त्यसपछि आफ्नो भेरिफिकेसन निवेदनका विवरणहर भरिसकेपछि Submit बटनमा थिच्नुहोस् ।

त्यसपछि सामान्यतया ३० दिनभित्रमा इन्स्टाग्रामले तपाईंको निवेदन स्वीकार भए वा नभएको विषयमा Activity feed मा जानकारी दिन्छ । यदि तपाईंको निवेदन स्वीकार भएमा तपाईंको इन्स्टाग्राम अकाउन्टमा तत्कालै निलो भेरिफिकेसन ब्याज प्राप्त हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?