+
+

क्रिकेट विश्वकप लिग टु : नामिबियाविरुद्ध टस जितेर बलिङ गर्दै स्कटल्याण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते ९:००

३ फागुन, काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा सोमबारेखि सुरु हुने भएको शृखंलामा आज नामिबिया र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ ।

३२ खेलबाट ४६ अंक रहेको स्कटल्याण्ड सात टोली सहभागी लिग टु मा शीर्ष स्थानमा छ र वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको छ ।

उता नामिबिया भने सोमबार घरेलु टोली नेपालसँग २ विकेटले पराजित भएको थियो ।३१ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहनका लागि नामिबियालाई बाँकी खेलहरु महत्वपूर्ण छन् ।

अघिल्लो खेलमा नामिबिया नेपालसँग पराजित भएपछि स्कटल्याण्डलाई अब लिग टु को च्याम्पियन बन्न अब एक खेल जिते पनि पर्याप्त हुनेछ । आज नामिबियालाई हराएमा स्कटल्याण्डको ४८ अंक हुनेछ ।

नामिबियालाई भने शीर्ष तीनमा रहनका लागि अब बाँकी पाँचमध्ये कम्तीमा पनि ३ खेल जित्नुपर्ने आवश्यकता छ ।

नामिबियाले नेपालमा शृखंला खेलेपछि यूएईसँगको बाँकी दुई खेल यूएईमै गएर खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?