+
+

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते ८:५३

काठमाडौं । वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ ।

लिम्बू समुदायमा गाइने पालामलार्ई चित्रण गर्दै गरेका रोयदीपलाई टिजरमा न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । उनले काव्यशैलीमा सम्बन्धको उतारचढाव र छोरी मान्छे कसरी जालमा पर्छिन् भन्ने कुरालाई विम्बात्मक रुपमा भनेका छन् ।

पूर्वी नेपालको भूगोल र लिम्बू समुदायको संस्कृतिलाई टिजरमा समय र सन्दर्भको रुपमा प्रस्तुत गरिएको छ । टिजरमा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर कथा अघि बढ्दै जाँदा उनीहरुमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् ।

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?