+
+

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन चल्न नदिने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १३:३७

३ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाल अयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न माग गरे । अन्यथा सदन चल्न नदिने र सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चौधरीको चेतावनी छ । ‘लाल अयोगको प्रतिवेदन जबसम्म सार्वजनिक हुँदैन । तबसम्म सदन चल्न सक्दैन’ उनले भने ।

जसपा, लोसपाले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आएका छन् ।

तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्य-तथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो ।

टीकापुर घटनाबारे ०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?