+
+
Shares

नेताहरुलाई चित्रबहादुर केसीको प्रश्न : भारतको कर्मचारी आउँदा किन लम्पसार परेको ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १३:४६

३ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले देश सानो ठूलो भए पनि सार्वभौमसत्ताको हिसाबमा भारत र नेपाल बराबर रहेको भन्दै भारतका कर्मचारी आउँदा उच्च राजनीतिक तहको भेटघाट गर्नु अशोभनीय रहेको बताए ।

‘नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन्, उहाँहरु निराश भएर फकिर्नुपर्छ’ उनले भने, ‘तर छिमेकका कर्मचारी आउँदाखेरि राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरु, आफूलाई असाध्य जान्ने सुन्ने ठान्ने, देशका स्वाभिमानको पक्षमा मुन्टो हल्लाउँदै हिँड्नेले किन यसरी विदेशीहरुका अगाडि लम्पसार परिरहेका छन् ? यो राष्ट्रिय स्वाभिमानका विषयमा उहाँहरुलाई लाज लाग्दैन ?’

नेताहरुमा शक्ति राष्ट्रको मान्छेको आशिर्वाद लिने र आफ्नो दुनो सोझ्याउने प्रवृत्ति देखिएको पनि केसीले बताए । ‘हामीलाई लाज लाग्दैन विदेश विदेशी शक्ति राष्ट्रको मान्छे आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोझउयनेृ काम गरिरहेका छौं, राष्ट्रको स्वाभिमान, राष्ट्रको इज्जत, सार्वभौमसत्तामाथि खलल पार्ने काम भएको छ’ उनले भने ।

अध्यक्ष केसीले नेपालको राष्ट्रपति चुनावलाई लक्षित गरी विदेशीहरुको भ्रमण भइरहेको पनि जिकिर गरे । यस्ता विषयमा पहिले शक्ति राष्ट्रहरुको हस्तक्षेप अप्रत्यक्ष रुपले हुने भए पनि अहिले त प्रत्यक्ष नै देखिएको दावी गरे ।

‘नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने ? …अहिले त प्रत्यक्ष रुपले आफ्नो देशको अनुकुल मान्छे राष्ट्रपति बनाउने खेल खेलिरहेका छन्’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?