+
+

भक्तपुरमा खाद्य व्यवस्थाको नयाँ बिक्री केन्द्र खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १५:११

३ फागुन, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पानीले भक्तपुरमा नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अनुसार भक्तपुरको सूर्य विनायक नगरपालिका-८ स्थित आदर्श टोलमा नयाँ बिक्री केन्द्र बुधबारदेखि सञ्चालनमा आएको छ ।

बिक्री केन्द्रमा कम्पनीले बिक्री गर्दै आएको दाल, चामल, नुन, गेडागुडी लगायतका वस्तु सुपथ मूल्यमा पाइने कम्पनीले बताएको छ ।

कम्पनीको कालीमाटी, रामशाहपथ, थापाथली, नख्खु, जाउलाखेल लगायतका क्षेत्रमा पनि सहुलियत पसल सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?