+
+

उपप्रधान एवं उर्जामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १५:१४

३ फागुन, काठमाडौं । उपप्रधान एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

मंगलबार मन्त्रालयमा भएको भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंले बताए । उनका अनुसार भेटका क्रममा ‘स्टेट अफ द कमला रिभर बेसिन’ योजनाबारे पनि छलफल भएको थियो ।

राजदूत भोल्कले यो योजना स्रोत व्यवस्थापनमा नमूना कार्य हुने बताउँदै बताइन् । नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उपप्रधानमन्त्री लिङ्देनले कमला नदी बेसिनले कृषि क्षेत्र, त्यहाँका बासिन्दाको आर्थिक स्तरोन्नति र चुरे क्षेत्रमा व्यवस्थापन गर्ने बताए ।

जल स्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमन वेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’बीच सन् २०१७ मा समझदारी भएको थियो ।

सम्झौता अनुसार कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन र जल तथा ऊर्जा आयोगको सचिवालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको मन्त्रालयले जनाएको छ ।

नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उपप्रधानमन्त्री लिङ्देनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले ५० हजार बढी विद्यार्थी अष्ट्रेलियामा अध्यनरत रहेको चर्चा गर्दै उनीहरुले लैजाने सामानको क्वारेन्टाइन र अन्य समस्यामा सकारात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?