+
+

लुम्बिनी प्रदेश स्थापना दिवसमा ६१ जना विभूषित 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १८:२६

३ फागुन, दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ । प्रदेशको राजधानी देउखुरीमा एक भव्य समारोहकाबीच सरकारले बिहीबार स्थापना दिवस मनाएको हो ।

प्रदेश स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री लिली गिरीले कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने बताए ।

‘पूर्वाधार विकासले मात्र प्रदेश समृद्ध हुन सक्दैन’, मुख्यमन्त्री गिरीले भने, ‘जनताको जीवनस्तरमा सुधार नल्याएसम्म समृद्धिको अर्थ रहँदैन । समृद्ध प्रदेश बनाउन कृषि र पर्यटनको विकासमा अघि बढ्छौं ।’

उनले सरकारले पूर्वाधारको विकाससँगै नागरिकको जीवनस्तर उकास्ने विषयलाई पनि सँगसँगै लैजाने बताए ।

स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका भन्दै ६१ जनालाई विभूषित गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पदक सहित विभूषित गरेका हुन् ।

प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव र जीतबहादुर थापालाई विभूषित गरिएको छ । संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको भन्दैमा यादवलाई  र जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पुर्‍याएको भन्दै थापालाई विभूषित गरिएको हो ।

मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदवाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ । डा. किदवाईलाई नेपालमा अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेखीय योगदान गरेको र पाण्डेलाई थारु समुदायमा सिकलसेल एनेमिया र थालेसिमिया सम्बन्धि स्वास्थ्य समस्या उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याएको भन्दै विभूषित गरिएको हो ।

स्थापना दिवसको अवसरमा विभिन्न समुदायको झाँकी सहितको कला संस्कृति प्रस्तुत गरीएको थियो भने उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई पुरस्कृत गरिएको थियो । प्रथम हुने भूम्या झाँकी घोराहीलाई २५ हजार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?