+
+

सांसद चन्द्र भण्डारीकी आमाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते ११:३९

४ फागुन, काठमाडौं । आगलागीमा परी घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०:५७ मा भण्डारीको मृत्यु भएको हो ।

बुद्धनगरस्थित निवासमा बुधबार राति आगलागीमा परी हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?