+
+

सांसद भण्डारीलाई श्री एयरलाइन्सबाट मुम्बई लगिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १३:१६

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र  भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ ।

बुधबार राति आगलागीमा परेर भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?