+
+

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेता तथा शुभचिन्तक अस्पतालमा

आर्यन धिमाल आर्यन धिमाल
२०७९ फागुन ४ गते १३:४२

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा जलेर घाइते भएपछि राति नै कीर्तिपुरको बर्न अस्पतालमा उपचारका लागि लगियो ।

घटनाको जानकारी पाएलगत्तै उनीहरुको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरको बर्न अस्पताल पुग्नेहरुको संख्या बढ्दै गएको थियो । अस्पताल पुग्नेहरुमा कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलदेखि थुप्रै नेता कार्यकर्ताहरु थिए ।

गएराति नै महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । आज बिहान सभापति देउवा, उपसभापति धनराज गुरुङ, नेताहरु शशांक कोइराला, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडु, रमेश लेखक, दीपक गिरी, रास्वपा नेतृ डा. तोसिमा कार्की लगायत अस्पताल पुगेका थिए । अस्पताल परिसर कार्यकर्ता र शुभचिन्तकहरुले खचाखच छ ।

काठमाडौंको बुद्धनगरस्थित निवासमा गएराति ग्याँस सिलिण्डर लिक हुँदा सांसद भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । सांसद भण्डारीलाई राति १०ः३० बजे कीर्तिपुर अस्पताल पुर्याइएको थियो । त्यसको करिब एक घण्टापछि उनकी ८६ वर्षीया आमा हरिकलालाई पनि सोही अस्पतालमा पुर्याइएको थियो ।

हरिकलालाई सिभिल अस्पताल हुँदै कीर्तिपुर लगिएको थियो । हरिकलाको उपचारको क्रममा बिहीबार बिहान १०ः५७ बजे निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन् । हरिकलाको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।

सांसद भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको छ । तर उनमा आन्तरिक जलन भएकाले स्वास्थ्य अवस्था गम्भीर छ । उनको उपचार नेपालमा सम्भव नहुने भन्दै थप उपचारका लागि भारतको मुम्बई लगिंदैछ । सिलिण्डर विष्फोटपछि बन्द कोठाभित्र फैलिएको धुवाँका कारण उनको फोक्सो र स्वासनलीमा जलन भएको चिकित्सकको भनाइ छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?