+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बाहिर चर्चा भए जस्तो सत्ता गठबन्धन भत्कने कुनै आधार छैन : सुवास नेम्बाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १८:५४

५ फागुन, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले बाहिर चर्चा भए जस्तो वर्तमान सत्ता गठबन्धन भत्कने कुनै आधार नरहेको दावी गरेका छन् ।

पार्टीको मिसन ग्रासरूट अभियान अन्तर्गत शुक्रबार वीरेन्द्रनगरमा आयोजित अभिमुखिकरण कार्यक्रम उपाध्यक्ष नेम्बाङले कांग्रेसका केही नेताहरूको सुगा रटाइले सत्ता गठबन्धनलाई कुनै असर नगर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नियमित छलफल भरहेको भन्दै उनले बाहिर चर्चा भए जस्तो कुनै असहमति नरहेको दाबी गरे ।

उनले भने, ‘पार्टी अध्यक्षको परामर्शमा मैले पनि प्रधानमन्त्रीसँग भेटेको छु, प्रधानमन्त्री ज्यूले यो गठबन्धन भत्काएर अर्को बनाउने बारे सोचे जस्तो लाग्दैन ।’

नेम्बाङले एमाले विरूद्ध नेपालमा नभएर नेपाल बाहिरबाट समेत चौतर्फी घेराबन्दी भैरहेको बताए ।

अभिमुखिकरण कार्यक्रममा पार्टी सचिव योगेश भट्टराईले कर्णालीका सबै सूचाङ्क बदल्न यो अभियान सार्थक हुने धारणा राखे ।

उनले कर्णालीमा मिसन ग्रासरूट अभियानले अर्को निर्वाचनमा ७० हजार मतदाता एमालेमा थप्न सक्नु पर्ने बताए । उनले आमनिर्वाचन जस्तै जनताको घरदैलोसम्म पुगिने र जनता र एमालेबीच सम्बन्ध पुनर्ताजगी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?