+
+

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. सन्तोष पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १९:२८

५ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै अर्थोपेडिक सर्जन डा. पौडेललाई वीर अस्पतालको कार्यकारी अधिकारीमा नियुक्त गरेका हुन् ।

डा. पौडेल अर्थोपेडिक सर्जन हुन् । उनी दशौं तहका हुन् । डा. पौडेलले स्वास्थ्य मन्त्रालयबाट पत्र बुझिसकेको बताए ।

यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा प्रा.डा भुपेन्द्रकुमार बस्नेत थिए । वीरमा डा पौडेलले जिम्मेवारी पाएपछि डा. भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई १९ साउन २०७८ मा वीर समेत हेर्ने गरी युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?