 
																			५ फागुन, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ‘दलान दलील’ कार्यक्रम सुरु गरेका छन् ।
आफू निर्वाचित सप्तरी निर्वाचन क्षेत्र २ मा उनले ‘दलान दलील’ कार्यक्रम सुरु गरेका हुन् । उनले यस कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्रको प्रत्येक गाउँमा पुगेर जनतासँग छलफल गरी योजनाहरु माग्ने र गुनासो सुन्ने कार्य शुक्रबारबाट सुरु गरेको बताए ।
‘मेरो निर्वाचन क्षेत्रको प्रत्येक गाउँमा पुग्ने कार्यक्रम बनेको छ । जनताको दलानमै गएर उहाँहरुको गुनासो सुन्ने कार्य सुरु गरेको छु ।’
उनले पहिले विकास निर्माणका योजनाहरु ठेकेदार वा नेताहरुको चाहना अनुसार राखिने गरेको बताउँदै अब जनताको आवश्यकता अनुसार जनताकै चाहना अनुसार योजनाहरु तयार पार्ने बताए ।
शुक्रबार दलान दलील कार्यक्रममा उपस्थित सर्वसाधारणहरुले सडक निर्माण, विद्यालय सुधार, कृषि सडक, कृषि मिटर, बिजुली पुर्याउने लगायत समस्या समाधानका लागि डा. राउतलाई योजनाहरु दिएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4