+
+

प्रधानमन्त्री र कांग्रेस नेता निधिबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते १९:४३

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शनिबार विहान बालुवाटारमा भएको भेटवार्तामा निधिले कालीगण्डकीको शिला  भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।

नेपाल सरकारको स्वीकृति र गण्डकी प्रदेश सरकारको निर्णयमा जनकपुरधामको जानकी मन्दिरले कालीगण्डकी नदी क्षेत्रको दुईवटा शिला भारतको अयोध्यास्थित राम जन्मभूमि तीर्थक्षेत्र ट्रष्टलाई हस्तान्तरण गरेको थियो र उक्त कार्यक्रममा निधि सहभागी भएका थिए ।

त्यस्तै निधिले आफ्नो बाबुको नाममा रहेको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने महेन्द्र नारायण निधिको जन्मजयन्ती समारोहमा प्रचण्डलाई निम्तो पनि गरेका उनको सचिवालयले जनाएको छ । त्यसबाहेक उनीहरुबीच के कुराकानी भएको भन्नेबारे खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?