६ फागुन, काठमाडौं । नेपाल र भारतको महिला फुटबल टिमबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि बराबरीमा सकिएको छ ।
चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपाल र भारतदे गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ हुन सकेन ।
नेपाली गोलकिपर कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको केही आक्रमणलाई उत्कृष्ट बचाउ गर्दै संकट टारेकी थिइन् ।
यसअघि भएको पहिलो मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।
पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् ।
प्रतिक्रिया 4