+
+

बार्सिलोनासँग दूरी छोट्याउँदै रियल मड्रिड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते ९:४०

७ फागुन, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले शनिबार ओसासुना २-० ले पराजित गरेको छ । यस जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी पाँचमा छोट्याएको छ ।

ओसासुनाको मैदानमा भएको खेलमा रियलले अन्तिम १२ मिनेटमा दुई गोल गरेको थियो ।

७८औं मिनेटमा फेडरिक भेलभेर्डेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा मार्को असेन्सियोले गोल गर्दै रियलको जित पक्का गरेका थिए ।

भिनिसियस जुनियरले ८९औं मिनेटमा गोल गरेपनि भिएआरले मान्तया दिएन ।

रियलले २२ खेलबाट ५१ अंक जोडेको छ । बार्सिलोनाको ५६ अंक छ र उसले २१ खेल खेलेको छ ।

बार्सिलोनाले आइतबार राति घरेलु मैदानमा काडिजसँग खेल्दैछ र उक्त खेल जितेमा फेरि रियलसँग ८ अंकको अग्रता बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?