+
+

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १३:००

७ फागुन, काठमाडौं । आइतबार सुन र चाँदको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १ हजार २९० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा, तेजावी सुनको मूल्य एक लाख २ हजार रुपैयाँ र चाँदीको मूल्य १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?