+
+

एन्ड्रोइड डिभाइसमा वाइफाइ पासवर्ड शेयर कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १४:३८

८ फागुन, काठमाडौं । घरमा आएका पाहुनाहरु, साथीभाई तथा परिवारका सबै सदस्यहलाई पटक पटक वाइफाइको पासवर्ड भनिरहनु झण्झटिलो हुन्छ । साथै आफ्नो वाइफाइको कठीन पासवर्ड सधै सम्झिरहन पनि गाह्रो हुन्छ ।

कहिलेकाहीँ अरुसँग इन्टरनेट शेयर गरिरहेको अवस्थामा पासवर्ड थाहा नभएको पनि हुनसक्छ । त्यसैले यस्तो अवस्थामा वाइफाइ नेटवर्क शेयर गर्ने सुविधा एन्ड्रोइड तथा आइओएस दुबै डिभाइसले प्रदान गरेका हुन्छन् ।

यसो गर्दा वाइफाइको पासवर्ड हातले थिचिरहनु पर्दैन र पासवर्ड सम्झिनुपर्ने झण्झट पनि हुँदैन अर्थात् कुनै डिभाइसमा वाइफाइको पासवर्ड हातले नहालिकनै तपाईले अर्को व्यक्तिको डिभाइसमा वाइफाइ पासवर्ड शेयर गर्न सक्नुहुन्छ ।

एन्ड्रोइड डिभाइसमा यो फिचर एन्ड्रोइड ८ र त्यसपछिका भर्सनहरुमा उपलब्ध छ अर्थात् यदि तपाईको डिभाइसमा एन्ड्रोइड ८ वा त्यसभन्दा नयाँ अपरेटिङ सिस्टम छ भने तपाईले पासवर्ड शेयर फिचर प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईको डिभाइस वाइफाइ नेटवर्कमा कनेक्ट भएको हुनुपर्दछ । त्यसपछि तल दिइएको तरिका अपनाउन सक्नुहुन्छ :

  • आफ्नो एन्ड्रोइड डिभाइसको Settings एप खोल्नुहोस्
  • Network and Internet अप्सनमा ट्याप गर्नुहोस्
  • आफूले पासवर्ड शेयर गर्न चाहेको वाइफाइ नेटवर्क छान्नुहोस्
  • Share बटनमा ट्याप गर्नुहोस् जुन स्क्रिनको सबैभन्दा पिँधमा देखिन्छ ।
  • त्यसक्रममा तपाईले आफ्नो डिभाइसमा राखेको सेक्योरिटी फिचर जस्तै पासवर्ड, फिंगरप्रिन्ट, प्याट्रन वा फेस आइडी हाल्नुपर्ने हुनसक्छ ।
  •  यसरी अथेन्टिकेसन भैसकेपछि फोनको स्क्रिनमा क्यु आर कोड देखा पर्दछ । पासवर्ड शेयर गर्न चाहेको व्यक्तिको फोनमा रहेको क्यामरा एप खोलेर उक्त क्यु आर कोड स्क्यान गर्न दिनुहोस् ।
  •  त्यसका लागि सम्बन्धित व्यक्तिले आफ्नो फोनको क्यामरा एप खोलेर Photo य मोडमा जानु पर्दछ ।
  •  क्यामराले क्यु आर कोडलाई फोकस गर्नुहोस् र केही सेकेण्ड फ्रेममा राख्नुहोस् । त्यसपछि केही सेकेण्डमै pop-up देखिन्छ र उक्त फोन वाइफाइ नेटवर्कमा कनेक्ट हुन्छ ।
  • तपाईले त्यसका लागि उक्त पप अपमा रहेको Connect मा ट्याप गर्नुपर्दछ ।
  •  तपाईले Share बटनमा थिचेर पासवर्डलाई देखाउन पनि सक्नुहुन्छ । र, यसरी देखिएको पासवर्ड अर्को डिभाइसमा हातैले थिचेर पनि वाइफाइ नेटवर्कमा जोड्न सकिन्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?