+
+

‘प्रसाद २’ वैशाख १ मा नेपाल र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १४:५५

काठमाडौं । विपिन कार्की र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद २’ आगामी वैशाख १ गते नेपालसहित अष्ट्रेलियामा रिलिज हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे इन्टरटेनमेन्ट र नमस्ते इन्टरटेनमेन्टले खरिद गरेका छन् ।

प्रदर्शन अधिकारसम्बन्धी सम्झौतामा निर्माता सुवास थापा र वितरक रञ्जितराज वन्तबीच सम्झौता भएको छ । फिल्मलाई उक्त मितिमा अष्ट्रेलियाका विभिन्न हलमा रिलिज गरिने सम्झौतामा उल्लेख छ ।

पाँच वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो श्रृंखलाको रुपमा आउन लागेको सोसल ड्रामालाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा विपिन र केकीसहित अर्पण थापाको प्रमुख भूमिका छ । फिल्मलाई सुशील पौडेलले लेखेका हुन् । फिल्मको पहिलो भाग पनि अष्ट्रेलियामा व्यावसायिक रुपमा सफल बनेको थियो ।

‘प्रसाद २’ले पनि पहिलेभन्दा धेरै साथ पाउने विश्वास हामीले लिएका छौं,’ निर्माता थापाले भने, ‘आशा छ, यसपटक पनि दर्शकको मन जित्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?