+
+
Shares

गैंडाकोटको सडकमा राखेको ढाट ठेकेदारले हटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १७:१८

८ फागुन, चितवन । पूर्वी नवलपरासीको गैंडाकोटमा पूर्व-पश्चिम राजमार्गमा गुड्ने सवारी साधानलाई रोकेर पैसा उठाउने ढाट बन्द भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोट नजिकै रहेको ढाट ठेकदार कम्पनीले सोमबार दिउँसोदेखि आफैले बन्द गराएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नगरक्षेत्रभित्र कवाडी कर संकलन गर्न भन्दै गैंडाकोट बिल्डर्स एण्ड सप्लायर्स प्रालिसँग गत १४ मंसिरमा सम्झौता गरेको थियो ।

गैंडाकोटमा उत्पादन भई बाहिर निकासी हुने कवाडीजन्य २१ वटा वस्तुमा कर उठाउन पाउने भनिए पनि पूर्वपश्चिम राजमार्गमा गुड्ने सबैजसो मालबाहक गाडीसँग कर उठाउन थालेपछि आलोचना भएको थियो । ढाटमा बस्ने युवाहरुले भैरहवातिरबाट आउने र नारायणगढतिरबाट जाने ट्रकहरुसँग पनि रकम असुल्ने गरेका थिए ।

ढाटका सञ्चालक कृष्ण सिग्देलले आफूलाई ढाटबाट अनावश्यक तनाव भएकोले बन्द गरेको जानकारी अनलाइनखबरलाई दिए । ‘मैले नगरपालिकासँग सम्झौता गरेर काम लिएको हुँ, केही केटाहरुले रोजगारी पनि पाएका थिए, तर अनावश्यक ढंगले विवाद भयो, तनाव भयो र मैंले बन्द गराएँ’ सञ्चालक सिग्देलले भने, ‘पुलिस, सिडियोदेखि सबैले फोन गरेर तनाव दिए ।’

उनले २ महिना मात्रै रकम उठाउन पाएको बताए । ‘मैंले त ८ लाख भन्दा बढी रकम नगरपालिकामा बुझाएको छु मेरो रकम डुब्यो, मलाई यो धन्दा गर्न ठीक लागेन’ सञ्चालक सिग्देलले भने, ‘अब पर्सि नगरपालिकालाई पत्र लेखेर औपचारिक जानकारी दिन्छु मेरो रकम डुब्यो अब के गर्ने ?’

उनले ढाटमा पैसा उठाउन राति र दिउँसोमा गरेर १४ जना युवा खटाएका थिए । उनीहरुलाई दैनिक ५० रुपैयाँ खाजा खर्च र मासिक १० हजार रुपैयाँ दिँदै आएको सिग्देलले बताए । सिग्देल आफै कवाड संकलन सम्वन्धी व्यावसाय गर्ने व्‍यक्ति हुन् ।

प्रमुख प्रशासकीय अधिकृत मुक्ति रिजालका नगरपालिकाले बोलपत्र आह्वान गर्दा ५ वटा फर्मले निवेदन दिएका थिए । जसमध्ये सबैभन्दा कम कबोल गर्ने गैंडाकोट बिल्डर्सले कवाडी कर संकलनगर्ने ठेक्का पाएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?