+
+

राष्ट्रपतिबारेको प्रश्नमा देव गुरुङले सम्झिए कटवाल प्रकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १७:५६

८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपतिको उम्मेदवारबारे प्रश्नमा रुक्मांगत कटवाल प्रकरण सम्झिएका छन् ।

सोमबार पार्टी पदाधिकारीको बैठकमा सहभागी हुनुअघि केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुले महासचिव गुरुङलाई राष्ट्रपति निर्वाचनको सन्दर्भमा प्रश्न सोधेका थिए ।

जवाफमा उनले राष्ट्रपति संविधान र लोकतन्त्रको रक्षा गर्ने व्यक्ति हुनुपर्ने, राजनीतिक आस्थाका आधारमा काम नगर्ने व्यक्ति हुनुपर्ने बताए । यही संविधानको भावना र मर्म रहेको उनको भनाइ छ ।

विगतका राष्ट्रपतिले संविधानको भावना र मर्म विपरीत काम गरेको भन्दै उनले रुक्मांगत कटवाल प्रकरण सम्झिएका हुन् ।

‘विगतकालका संविधानको भावना विपरीत जाँदा कटुवाल प्रकरण के भएको थियो ? किन उल्टायो राष्ट्रपतिले ? सरकारले गरेको सिफारिस स्वीकृत गर्नुपर्ने होइन राष्ट्रपतिले ? किन उल्टाए ? संविधान विपरित गएको होइन ?’ महासचिव गुरुङले पत्रकारहरुसित भने ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६६ साल वैशाख २० गते तत्कालीन प्रधानसेनापति रूक्मांगत कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापति बनाएका थिए । तर, सरकारको उक्त निर्णयलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले रोकेका थिए । उनले सेनापतिलाई पत्र लेखेर आफ्नो पदमा रहेर काम गर्न आदेश दिएका थिए ।

राष्ट्रपतिको उक्त कदमपछि प्रचण्डले नियुक्तिको ९ महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?