+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ : पूर्वराष्ट्रपति यादव

रासस रासस
२०७९ फागुन ८ गते १९:३३

८ फागुन, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन् ।

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा. यादवले २४० वर्षीय निरंकुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताए ।

‘जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ’, उनले भने, ‘त्यसैले सबै दलहरूले जनभावनाअनुसार काम गर्नु जरुरी छ ।’

शहीदहरूको बलिदान, पूर्वजहरूको निष्ठा र आदर्शलाई छोड्दै जाँदा नागरिकमा वितृष्णा उत्पन्न हुँदै गएको भन्दै उनले व्यवस्था चलाउन नजान्दाको दोष व्यवस्थामाथि थोपर्ने काम कसैले गर्न नहुने धारणा राखे।

‘कुनै चोटपटक लागेमा हतियारको दोष भन्ने कि हतियार चलाउने मान्छेको ? त्यसैले अहिले नै व्यवस्था खराब भएको टिप्पणी गर्ने बेला भएको छैन । तर गणतन्त्र रक्षाका लागि नेताहरू सुध्रिर्ने र जनताहरू सचेत हुनुपर्ने आवश्यकता भने सधैँ रहन्छ’, पूर्वराष्ट्रपति डा यादवले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?