+
+

पर्सामा गाडीको ठक्करबाट बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते ११:३७

९ फागुन, वीरगञ्ज । पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज-ठोरी सडकखण्डको विजयबस्तीमा बागमती प्रदेश नं १-०२७ च ०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे उनलाई ठक्कर दिएको थियो ।

स्कारपियोको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो ।

उपचारको क्रममा बिहान सवा १० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

स्कारपियोसहित चितवन माडी नगरपालिका- ३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थल जाँच मुचुल्कालगायतका अनुसन्धानसँगै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?