+
+

साउदीको जेलमा रहेका दिनेश कार्कीलाई उद्धार गरिदिन प्रधानमन्त्रीलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १२:०६

९ फागुन, काठमाडौं । दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीका परिवारले उद्धारको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

दिनेशका बुवा गणेशबहादुर कार्कीसहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर छिटो उद्धार गरिदिन आग्रह गरेका हुन् ।

दिनेश ट्राफिक नियम उल्लंघन गरेको कसुरमा दुई वर्षदेखि साउदी अरबको जेलमा छन् । उनी धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ निवासी हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले दिनेशलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल अघि बढाउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका थिए ।

‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?