+
+

बंगलादेशको उच्च अदालतद्वारा बलिउड फिल्म ‘फराज’को प्रदर्शनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १३:४३

काठमाडौं । बंगलादेशको उच्च अदालतले भारतीय फिल्म निर्माता हंसल मेहता निर्देशित फिल्म ‘फराज’को प्रदर्शनमा रोक लगाएको छ । रिट निवेदनको सुनुवाइपछि न्यायाधीश एमडी खसरुज्जमान र इकबाल कबीरको संयुक्त इजलासले बंगलादेशका हल र डिजिटल प्लेटफर्ममा उक्त फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउन आदेश दिएको हो ।

जुही बब्बर, आमिर अली, जहाँ कपुर र आदित्य रावल अभिनित यो फिल्म सन् २०१६ मा ढाकाको एक क्याफेमा भएको आतंकवादी हमलाको कथावस्तुमा आधारित छ । सन् २०१६ जुलाई १ मा राजधानी ढाकास्थित होली आर्टिसन क्याफेमा आतंकवादी हमलामा मारिएकी अबिन्ता कबीरकी आमा रुबा अहमदले रिट दायर गरेकी थिइन् ।

रिट निवेदनमा सूचना तथा प्रसारण मन्त्रालयका सचिवलाई विपक्षी बनाइएको छ । गत १९ जनवरीमा रुबा अहमदले फिल्मले बंगलादेशको प्रतिष्ठामा आँच पुर्‍याउन सक्ने दाबी गर्दै फिल्मको रिलिज रोक्न माग गरेकी थिइन् । निवेदकतर्फका वकिल अहसानुल करिमले बताएअनुसार बंगलादेशी फिल्म हलसहित अनलाइन प्लेटफर्ममा फिल्मको प्रदर्शन रोक्न रिट दायर गरिएको थियो ।

करिमले भने, ‘फिल्मको फुटेजमा दुई आतंककारी कुरा गरिरहेको देखाइएको छ, जसमध्ये एकको अबिन्तासँग सम्बन्ध थियो । हाम्रो सभ्य समाजमा शिक्षित परिवारले कहिल्यै लगाउन नपाउने गरी उनको पहिरन देखाइएको थियो । फिल्ममा केटीको चरित्रलाई अपमानित गरिएको छ ।’

करिम भन्छन्, ‘यसबाहेक फिल्मले कानुन प्रवर्तन अधिकारीको असफलतालाई देखाउँछ, जसले हाम्रो सार्वभौमसत्तामा गम्भीर प्रश्न खडा गर्छ । यी कारणले यो फिल्म बंगलादेशको कुनै पनि प्लेटफर्ममा देखाइनु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?