+
+

पर्यटन विभागको निर्देशन : विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १५:१७
फाइल तस्वीर

९ फागुन, काडमाडौं । पर्यटन विभागले विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन निर्देशन दिएको छ । कानुनअनुसार तोकिएको प्रक्रिया पुरा नगरी यस्तो पूर्वाधार तथा क्रियाकलाप सञ्चालन गरेमा कारवाही हुने समेत विभागले बताएको छ ।

नेपालमा पछिल्लो समय बन्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काइ डाइभिङ, जिप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्यूजमेन्ट पार्क, फन पार्कजस्ता उत्पादनमा लगानी बढेको छ ।

यस्ता गतिविधिहरु सञ्चालन गर्नेमध्ये कतिपयले उद्योग/व्यवसाय दर्ता नगरी, इजाजत नलिई, नवीकरण नगराइ सञ्चालन गरेको पाइएको भन्दै विभागले सचेत गराएको हो । दर्ता नगरी वा इजाजत नवीकरण नगरी यस्ता व्यवसाय सञ्चालन गरेमा दण्ड सजाय र जरिवानाको प्रक्रिया थाल्ने चेतावनी समेत विभागले दिएको छ । अर्कोतर्फ २ करोडदेखि ५ करोडरुपैयाँसम्म लगानी हुने यस्ता गतिविधिका लागि पूर्वाधार बनाउनु अगाडि संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन समेत पास गर्नुपर्छ । सो नगरेमा समेत कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?