+
+

लघुवित्तमा कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर आधा हुनै पर्ने 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १९:११
फाइल तस्वीर

१० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले बचकर्तालाई दिने ब्याजदरको सीमा तोकेको छ । लघुवित्तले कर्जा लगानी गर्दा दिने ब्याजदरको ५० प्रतिशत ब्याजदर निक्षेपमा पनि दिनै पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

बुधबार राष्ट्र बैकले लघुवित्त संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर आधा हुनै पर्ने व्यवस्था गरेको हो । ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ’ संशोधित व्यवस्थामा भनिएको छ ।

यस्तै लघुवित्तले कर्मचारीको क्षमता अभिवृद्धिमा समेत काम गर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ । लघुवित्त संस्थाले कर्मचारीहरुलाई लघुवित्त कारोबारसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तीमा एक पटक प्रदान गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

‘संस्थामा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तीमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शीर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण आफ्नो वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

लघुवित्तको दलदल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?