११ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब पोर्टोलाई १-० ले पराजित गरेको छ ।
घरेलु मैदान सान सिरोमा भएको खेलमा इन्टरलाई जिताउन रोमेलु लुकाकुले एक मात्र गोल गरे । लुकाकुले खेल सकिन चार मिनेट बाँकी छँदा गोल गरेका थिए ।
पोर्टोका ओटाभियोले ७८औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
मार्च १४ मा पोर्टोमा दोस्रो लेग खेल्न जानुअघि इन्टरलाई एक गोलको फाइदा रहनेछ । तर यसलाई कायम राख्न इन्टरले दोस्रो लेगमा कम्तीमा हार टार्नुपर्नेछ ।
प्रतिक्रिया 4