+
+

माओवादीले कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते ९:१५
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल तस्वीर

११ फागुन, काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु आज पनि सक्रिय छन् । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी छ ।

हिजो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो । उक्त छलफलपछि नेताहरुले पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए । सोही बैठकमा भएको कुराकानी अनुसार आज माओवादी–जसपा र माओवादी–एकीकृत समाजवादीबीच छलफल गर्ने तयारी गरिएको हो । बैठक राष्ट्रपतिको उम्मेदवार चयनमा केन्द्रित हुनेछ ।

आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता हुँदैछ ।

(नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज नबस्ने भएकाले यसअघिको समाचार सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?