+
+

नासाले आविष्कार गरेका अतिउपयोगी ५ उपकरण : फोन क्यामरादेखि कम्प्युटर माउससम्म

एजेन्सी एजेन्सी
२०७९ फागुन ११ गते १३:०७

अमेरिकी अन्तरीक्ष संस्था नासा अर्थात् नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसनको नाम लिने बित्तिकै हाम्रो दिमागमा एक अलग्गै छवि बन्दछ ।

नासा भन्ने बित्तिकै हामी रकेट, स्याटेलाइट, टेलिस्कोप, स्पेस सूट तथा अन्तरीक्षसम्बन्धी अन्य चिजहरु सम्झिन्छौं । किनकी नासा एक अन्तरीक्ष एजेन्सीको रुपमा प्रतिष्ठित छ र सन् १९५८ मा स्थापना भएयता क्रान्तिकारी प्रविधिका साथ अन्तरीक्ष अनुसन्धानमा फड्को मारिरहेको छ ।

तर तपाईंलाई अनौठो लाग्न सक्दछ कि नासाले केवल अन्तरीक्षसँग सम्बन्धित खोज अनुसन्धान र प्रविधिको आविष्कार मात्र गरेको छैन हामीले दैनिक कामकाजमा प्रयोग गर्ने विधिन्न प्राविधिक उपकरणहरु समेत बनाएको छ । जसमध्ये पाँचवटा डिभाइस यी हुन् :

· वायरलेस हेडफोन : हुनत वायरलेस हेडफोनको आविष्कार नासाले गरेको होइन तथापि वायरलेस हेडफोनमा जुन प्रविधि छ, त्यो नासाले विकसित गरेको हो ।

स्पेस सूटको भित्र एक मजबूत वायलेस सञ्चार प्रणालीको आवश्यकता पहिलोपटक सन् १९६१ मा महसूस गरिएको थियो जब प्रोजेक्ट मर्करीको परीक्षणका क्रममा एउटा क्याप्सुलको ह्याच समुद्रको बीचमा समयभन्दा अगावै खसेको थियो । उक्त क्याप्सुलमा सञ्चार प्रणालीका उपकरण भरिएको थियो ।

संयोगबस हेलिकप्टरबाट उक्त क्याप्सुलमा रहेका अन्तरीक्षयात्रीलाई खोजी गर्न सकियो । तर कमान्ड सेन्टर र अन्तरीक्षयात्रीको बीच सञ्चार गर्ने उत्तम तरिकाको आवश्यकता नहुँदा समस्या आएको महसुस भयो । जसका कारण वायलेस हेडफोन सिस्टमको विकास गरियो । त्यसका लागि नासाले प्यासिफिक प्लांट्रोनिक्स नामक एक कम्पनीसँग सम्पर्क गर्‍यो ।

नासासँगको सहकार्यमा उक्त कम्पनीले सोही वर्ष MS-50 नामक एक वायरलेस हेडसेटको विकास गर्‍यो  । सोही प्रविधिलाई सन् २००० को दशकपछि आम उपभोक्ताले प्रयोग गर्न सक्ने वायरलेस हेडफोनको रुपमा विकास गरियो ।

· डिजिटल फोटो सेन्सर : तपाईं हामीले अहिले जुन स्मार्टफोन क्यामरा वा डिएसएलआर क्यामराबाट फोटो खिच्दछौं, त्यसका लागि हामीले नासालाई धन्यवाद दिनुपर्ने हुन्छ । विश्वमा पहिलो डिजिटल क्यामरा सन् १९७५ मा इस्टम्यान कोड्याकद्वारा बनाइएको हो । जबकि यसको अवधारणा चाहीँ सन् १९६० मै विकास गरिएको थियो ।

वास्तवमा डिजिटल क्यामराको अवधारणा विकास गर्ने पहिलो व्यक्ति नासाको जेट प्रोपल्सन ल्याबका इन्जिनियर यूजिन लेली थिए ।

उनले सन् १९६० को दशकमा पहिलो पटक लाइट सिग्नललाई डिजिटलाइज्ड गर्नका लागि मोज्याक फोटो सेन्सरको उपयोग तथा स्थीर तस्वीरका बारेमा अवधारणा विकास गरेका थिए ।

नासाले आफ्नो एक ब्लग पोस्टमा यसको पुष्टि गरेको छ । सन् १९९० को दशकमा एक जेट प्रोपल्सन ल्याबको टोलीले क्यामरा बनाउनका लागि कम्प्लीमेन्टरी मेटल अक्साइड सेमिकन्डक्टर इमेज सेन्सरमा अनुसन्धान गर्यो । तस्वीरलाई उत्कृष्ट बनाउनका लागि क्यामरामा इन्टरप्लानेटरी स्पेसक्राफ्टलाई सानो बनाइयो ।

आधुनिक क्यामरामा रहेको उक्त इमेज सेन्सर प्रविधिको आविष्कारको श्रेय नासालाई नै जान्छ ।

· कर्डलेस भ्याकुम क्लिनर : कर्डलेस अर्थात् तार जडान गर्नु नपर्ने भ्याकुम क्लिनरको आविष्कार पनि नासाले नै गरेको हो ।

नासाले भनेको छ-चन्द्रमा अन्वेषण तथा नमूना संकलन गर्न र ब्याट्रीबाट संचालित डिभाइस बनाउनका लागि कर्डलेस भ्याकुम क्लिनरको विकास गरिएको थियो । त्यसका लागि ब्लाक एण्ड डेकरको साथ अपोलोकालीन साझेदारीबाट हातले समाउन सकिने ताररहित डिभाइसको एक सिरिज विकास गरियो, जसमा लोकपि्रय डस्टबस्टर कार्डलेस भ्याकुम पनि सामेल छ ।

· कम्प्युटर माउस : यदि तपाईं कम्प्युटरको प्रयोग गर्नुहुन्छ भने माउस त अवश्य पनि चलाउनुभएको छ । माउस आविष्कार गर्ने व्इक्तिको रुपमा डगलस एंगेलबर्गलाई चिनिन्छ । तर वास्तवमा माउसको आविष्कार एंगेलबर्ट र नासाको संयुक्त मेहेनतको परिणाम हो ।

वास्तवमा एंगेलबर्ट र नासाले सन् १९६० को दशकमा एक कम्प्युटरको प्रयोगका विषयलार्य विस्तार गर्नका लागि सँगै काम गरिरहेका थिए । त्यहीँ क्रममा माउसको आविष्कार भएको हो ।

· पानी शुद्धीकरण यन्त्र : पानीलाई शुद्ध बनाउने मेसिन अर्थात् वाटर प्यूरिफायरको आविष्कार गर्ने श्रेय पनि नासालई नै जान्छ ।

नासाले पहिलोपटक आधुुनिक वाटर प्यूरीफायरको एक महत्वपूर्ण हिस्सा लिएर आयो ।

वास्तवमा अन्तरीक्षमा अन्तरीक्षयात्रीहरुलाई सफा पानीको आवश्यकता हुन्छ । तथापि सिमित संसाधनका कारण त्यहाँ पानीको अधिकाधिक पुनःप्रयोग गर्नु निकै महत्वपूर्ण रहन्छ । त्यसका लागि नासाले आफ्नो वाटर रिकभरी सिस्टम विकसित गर्‍यो । त्यसको एक प्रमुख हिस्सा चाहिँ माइक्रोबियल चेक भल्भ थियो ।

माइक्रोबियल चेक भल्भ एक आयोडिनयुक्त रोल हो जुन बिजुलीकेा प्रयोग नगरिकनै पानीमा जिवाणुहरुको वृद्धि नियन्त्रण गर्ने एक सजिलो तरिका हो ।

सबैभन्दा पहिले कन्सर्न फर किड्स नामक एक गैरनाफामूलक संस्थाका लागि यो उपकरण तयार पारिएको थियो ।

खासगरी विकाससील देशहमा स्वच्छ पानी प्रदान गर्नका लागि अनगिन्ती उपकरणहरुमा यसको प्रयोग गरिँदै आएको छ ।

एजेन्सीको सहयोगमा

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?