+
+

मन्त्री मोदीले भने- फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँछु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १३:१०

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आफूले पहल गर्ने बताएका छन् । बिहीबार नेपाल चलचित्र प्राविधिक संघको २० औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सिभिल अस्पतालमा उपचार गर्न कलाकारलाई ५० प्रतिशत छुट दिलाउन पहल गर्ने समेत वचन दिए ।

प्राविधिकले हिरो हिरोइनलाई सुन्दर देखाएर फिल्मलाई हिट बनाइरहेको भन्दै उनले प्रशंसा गरे । ‘फिल्म दुनियाँका साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरुको जीवन कठिन होला तर गाह्रो मान्नुपर्दैन । सरकारले तपाईंका लागि मागलाई पूरा गर्नेतर्फ पहल गर्नेछ । म आजैदेखि प्राविधिकलाई सामाजिक सुरक्षामा ल्याउन पहल गर्छु ।’

प्राविधिक संघको चुनावी साधारणसभा समेत रहेको समारोहमा उनले एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । ‘तपाईंहरुले राज्यलाई घच्घच्याउनुपर्छ भन्ने मलाई लाग्छ । एकताबद्ध भएर अघि बढ्नुस्,’ उनले भने । सातै प्रदेशमा निजामती अस्पताल खोल्ने सरकारको योजना रहेको बताउँदै उनले सिभिल अस्पतालमा कलाकार र खेलाडीलाई उपचारमा ५० प्रतिशत छुट दिनेतर्फ पहल गर्ने आश्वासन दिए ।’

उनले आफू भारतको नभएर नेपालको मोदी भएको भन्दै कुराभन्दा काममा विश्वास गर्ने बताए । उक्त अवसरमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहालसहित केही संगीतकर्मी र फिल्म वितरकलाई समेत सम्मान प्रदान गरिएको थियो । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, निर्माता संघका अध्यक्ष नवल खड्काले पनि सभा सफलताको शुभकामना दिए ।

नयाँ कार्यसमिति चुन्नका लागि आजै मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?